के तपाइँ जान्न चाहानुहुन्छ कि कम्प्यूटर भाईरस के हो? लगभग कम्प्युटर प्रयोग कर्ताहरुले भाइरसको नाम सुनेकइ हुनुपर्छ।सबैलाई थाहा नहुन सक्छ कम्प्युटर अर्थात कम्पुटरको सिस्टमलाई कसरी सुरक्छित राख्नने भनेर।
भाइरस,यो नाम इन्टरनेट को दुनिया मा एकदमै परिचित नाम हो। यो तपाईंको कम्प्युटर र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूको लागि धेरै हानिकारक छ। यदि यो तपाई हाम्रो कम्पुटरमा एकपटक छिर्यो भने , कम्प्युटर लाइ सिकिस्तै बनाउछ, र तपाईंको कम्पुटरमा भएको डाटाहरुलाई नष्ट गर्न सक्छ।
जसरी भाइरसले हाम्रो स्वास्थ्य लाइ हानि पुर्याउछ तेसरी नै इलोक्ट्रोनिक वाइरसले कम्प्युटरलाइ अर्थात् कम्पुटरको सिस्टम लाइ हानि पुर्याउदछ त्यसकारण सबै कम्प्युटर प्रयोगकर्ताहरूले आफ्नो कम्पुटरको बेला बेलामा जानकारी राखी राख्नु राम्रो हुन्छ।
कम्प्यूटर भाइरस एकप्रकारको सानो बिधुतिय सफ्टवेयर प्रोग्राम हो जुन तपाईंको कम्प्युटरको सिस्टम र कम्प्युटरको डाटा मेटाउन वा बिगार्न को लागि डिजाइन गरिएको हुन्छ।
एसको प्रभाब कम्पुटर सिक्दैगरेको ब्याक्तिहरुलाई खासै प्रभाव नपर्ला र थाहा पनि नहोला तर जसले समयलाई ध्यानमा राखेर सफल कम्पुटर अपरेटर बन्ने सपना लिएको हुन्छ वहाहरुको लागि यो जान्न एकदमै आवस्यक छ।
किनकि वाइरस बाट प्रभावित भएको कम्पुटरले विभिन्न प्रकारले कम्पुटर प्रयोग कर्ता हरुलाई हानि पुर्याईरहेको
हुन्छ।
भाइरस प्रभावित कम्पुटरले कस्तो संकेत दिन्छ त ?
१. कम्पुटरको स्क्रीन झिमिक झिमिक हुने
२. अनावास्यक software हरु आफै देखा पर्ने
३. नया files तथा programs आफै खुल्ने तथा आफै download हुने
४. save गरिराखेको file हरु आफै delete तथा corrupts हुने
५. Hard Drive बाट audio sound आउने अर्थात कम्प्युटर लाइ भार परे जस्तो आवाज आउने
६. अज्ञात app हरु आफै देखा पर्ने, जसलाई click गरेमा कम्प्युटर नै ह्याङ्ग हुने
७. समग्रमा भन्नु पर्दा कम्प्युटर एकदमै ढिलो खुल्ने चल्ने तथा बन्द हुने
यदि तपाइको कम्प्युटरमा माथि उलेखित गतिबिधि हरु देखिएमा सम्झिनुस कि कम्प्युटरमा virus ले दुख दिई रहेको छ भनेर। जस्को निराकरणको लागि कुनै राम्रो प्रकारको antivirus software प्रयोग गरि कम्प्युटर लाइ full scan गर्नु पर्दछ।
कम्प्युटरको सिस्टमलाइ virus बाट बचाउन तथा कम्प्युटरलाइ long time टिकाइ राख्न
१. कुनै राम्रो प्रकारको antivirus software install गर्नु पर्दछ साथै त्यो software लाई बेला बेला मा update गरी रहनु पर्दछ।
२. External Device जस्तै memory card , pendrive ,CD हरुलाई प्रयोग गर्नु पर्दा scan गरेपछि मात्र open गर्ने।
३. कुनै अज्ञात व्यक्ति तथा ठेगाना बाट आएको कुनै मेसेज तथा लिंक नखोल्ने
४. website हरु खोल्दा कुनै दोस्रो लिंक मा click गर्न जोड दीइ रहेको अवास्ठामा पनि ख्याल गर्ने
५. अनविज्ञ website बाट अनावस्यक documents तथा software हरु download नगर्ने
६. कुनै तेस्ता खालका site हरु हुन्छन् जहाँ online job तथा online money earning को बहानामा e-mail आदान प्रदान गराउने सकभर आफ्नो e-mail तथा password fill-up नगर्ने। किनकि आफ्नो e-mail मा अनावस्यक mail हरु आएर अवरोध गर्ने गर्दछ।
७. कुनै application programs हरु install तथा uninstall गरिसकेपछि कम्प्युटर लाइ re-start गर्ने गर्नु पर्दछ
८. कम्प्युटर बन्द गर्नु पहिले open गरिएका सबै files तथा programs हरुलाई close गर्नु पर्दछ।
धन्न्यबाद।