July 4, 2022

मेची महाकाली बिधुतीय रेलमार्ग निर्माण सर्वेको कार्य अघि बढेको छ।

सर्वेको काम सुरुगर्न अघि मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी काम गर्ने सहमतिमा सर्वेको काम थालिएको हो । बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई बाधदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीयबाशी हरु पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन् । उक्त मार्गबाट रेलमार्ग अघि बढाउँदा मानवबस्ती, निजी खेतीयोग्य जमिन नपर्ने र तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने स्थानीयहरूको बुझाइ छ।

यसअघि रेलमार्ग बस्ती र खेतीयोग्य जमिनबाट अघि बढाउन खोजेको र कसैलाई जानकारी नै नदिई सर्वे गरेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
यस अघि स्थानिय बासीहरुलाई बिना जानकारी रेल मार्ग सर्वे गरेकोमा खेति योग्य जमिन छाडी मानब बस्ति नै विस्तापित हुनुपर्ने भन्दै सर्वे कार्यलाई स्थानिय बासीहरुले अवरोध गरेका थिये।
गत फाल्गुनको ९ गते,काठमाडौंबाट रेल बिभागकी महानिर्देशक प्रमिला बज्राचार्य,रेलमार्गका युसिङ कोरियन सर्वे कन्सल्ट्यान्टका मुख्य सर्वेयर,रेल विभागका सिनियर डिभिजन इन्जिनियर देवेन्द्र प्रसाद साह र नेपाली सर्वे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइराला सहितको प्राविधिक टोलीले निजगढ बकैया खोलाको पूर्वतर्फ क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।

येसरिनै यो भन्दा अघि पनि झापा मोरोंग र सुनसरीको रेल मार्ग सर्वे कार्यमा पनि खितियोग्य जमिन र मानब बस्तिनै बिनास हुने गरि बिना सुचना साथै मुआब्जाको कुनै लेखाजोखा बिना, कार्य अघि बढाएको भनि स्थानीय बासीहरुले बिज्ञप्ति जारि गर्दै गुनासो ब्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.