आजको यो प्रबिधिको युगमा ड्रोन एक परिचित बिधुतिय उपकरण हो जस्को माध्यम दुवारा विभिन्न कार्य गर्न सकिन्छ जस्तै सिमित दुरीमा सामानहरु ओसार पसार गर्न कृषि छेत्र बालीनालीमा किटनासक औसधी छर्कन, भिडिओ शूटिंग गर्न आदि। तर यो उपकरण पनि आफु मनलाग्दो प्रयोग गर्न भने नेपाल सरकार बाट बर्जित गरिएको छ। २०७५ को फागुनमा गृहमन्त्रालयले ड्रोन प्रयोग सम्बन्धि छुट्टै कार्यविधि जारी गरेकोछ। जसअनुसार ड्रोन प्रयोगका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान उपकरण दर्ता नम्बर लिनुपर्ने हुन्छ ।त्यसका लागि ड्रोन प्रयोग कर्ताको नागरिकता वा राहदानीको प्रतिलिपि र संस्थाको हकमा भने संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि ड्रोन उडान तथा सञ्चालनको उद्देश्य, उपकरणको विशेष विवरण तथा म्यानुअलको फोटोकपी र कर तथा भन्सार बिजक आवश्यक पर्दछ ।सम्पूर्ण प्रक्रिया पुरा गरि प्राप्त भएको दर्ता नम्बर ड्रोनमा टाँस्नुपर्ने हुन्छ ।

ड्रोन उदाउन निषेधित छेत्र

सरकारी निकाय, प्रतिष्ठान रहेको इलाका, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेका स्थान,अस्पताल, हवाई मार्ग तथा हवाई उड्डययन क्षेत्र, सैनिक सुरक्षा निकाय आसपास तथा कुटनीतिक नियोग क्षेत्रलाई ड्रोन उडाउनका लागि संवेदनशील क्षेत्रको रुपमा राखेको छ ।भने मानब बस्ती, आरक्षित क्षेत्रलाई मध्यम र मानव बस्तिरहित, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुल्ला क्षेत्रलाई सामान्य क्षेत्रको रुपमा वर्गीकरण गरेको छ ।सुरक्षा निकायको मुख्यालय तथा तालिम केन्द्र रहेको स्थानबाट एक किलोमिटरको दुरी र अन्य सुरक्षा इकाईबाट आधा किलोमिटरको दुरीमा समेत ड्रोन प्रयोग गर्न निषेध गरिएको छ ।

उपत्यका बाहिरको हकमा भने, स्थानीय प्रशासन तथा अधिकार प्राप्त निकायले निर्धारण गरेका नियन्त्रित क्षेत्रबाहेक अर्थात् उक्त निकायहरु बाट अनुमति तथा स्वीकृति लिएर अन्य स्थानमा भने ड्रोन उडाउन सकिने छ।
यदि ब्यवसाहिक ड्रोन उडान गर्नको लागि हो भने १८ वर्ष भन्दा माथी हुनुपर्ने साथै रेडियो फ्रिक्वेन्सी सम्बन्धी आधारभूत ज्ञान तथा तालिम पनि लिएको हुनपर्ने हुन्छ। ड्रोन उडान समयमा मौसम तथा बाताबरण अनुकुल हुनुपर्दछ ग्राउण्ड भिजिबिलिटी पाँच किलोमिटर र क्लाउड सिलिङ्ग न्युनतम ४०० देखि ५०० मिटर हुनुपर्ने उल्लेख छ। दुई केजीसम्म तौल भएका ड्रोनहरु जमिनको सतहबाट २०० फिटसम्मको उचाइमा उडान गर्न परेमा स्थानिय जिल्ला प्रशासन कार्यालय बाट स्वीकृति लिनुपर्ने र सो भन्दा माथिको हकमा भने, गृहमन्त्रालय मार्फत स्वकृति लिनुपर्ने हुन्छ।
आफ्नो व्यक्तिगत कार्य जस्तै बिहे भोज मनोरंजन तथा कुनै कार्यक्रम को लागि ड्रोन उडाउन परेमा ड्रोनको तौल धेरैमा २५० ग्रामसम्म तौल भएको ड्रोनलाई बढीमा ४० फीट मिटर माथि सम्म उडाउन सकिन्छ, यद्यपी स्थानिय निकायलाई भने जानकारी गराउन पर्दछ। कुनैपनि समय या जरुरत परेमा स्थानीय निकाय या प्रहरी प्रशासनले ड्रोन प्रयोग विवरण तथा क्लिप्स हरु माग्न सक्दछ, ड्रोन प्रयोग गर्दा अरुको व्यक्तिगत गोपिनियताको बिषयमा चाही सक्त ख्याल गर्नु पर्दछ।रातको समयमा ड्रोन उदाउन प्रतिबन्द छ, यदि ड्रोन ऐन बिपरित ड्रोन प्रयोग तथा उडान गरेमा सामान जफत साथै प्रचलित कानुन अनुसार कारबाही भोग्नुपर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *