बिशेष गरी मोबाइल डाटा दुवारा विडियो हेर्न यात चलाउन महँगो हुने र सब्द मार्फत नै सहज र सस्तो हुने हुदा सब्द दुवारा नै जानकारी दिने भरपुर प्रयास गरिएको ।
आज हामि मोटर साइकल चलाउन सिक्ने सम्बन्धमा कुरा गरौ।
मोटर साइकल सिक्ने सम्बन्धमा सर्बप्रथम त तल दिएका मोटर साइकलको पुर्जाहरुको नामावली र काम को बारेमा थाहाहुन जरुरि पर्दछ।
१ हेण्ड ब्रेक
२ फुट ब्रेक
३ एक्सेलेरटर
४ क्लच
५ हेड लाइट हाई /डिम लाइट
६ ब्याक लाइट
७ ब्रेक लाइट
८ पास लाइट
९ साइड इंडिकेटर
१० समग्रमा मोटर साइकलको अवस्था ठिक हुन पर्दछ।
१ हेन्ड ब्रेक > यो हेन्डलको दाहिने पट्टि हुन्छ भने, बिशेस गरि डोर्याई रहेको अवस्थामा ब्रेक लगाउन पर्दा,उकालो या ओरालोमा गाडी बन्द अवस्थामा रोकिनु या अडिनु छ भने,र गाडी चालु तर स्थिर अवस्थामा र बाटो पनि उकालो या ओरालो भएको अवस्थामा हेन्ड ब्रेक लगाइन्छ यदि गाडी द्रुत गतिमा छ भने हेन्ड ब्रेक लगाउन हुदैन।
२ फूट ब्रेक > यो मोटर साइकलको दाहिने पट्टिको पैदलको ठिक अगाडी हुन्छ भने फुट ब्रेकको काम भनेको चालु अवस्ठामा रहेको गाडीलाई गति कम गर्नु पर्दा बिस्तारै दाहिने खुट्टा दुवारा दबाइन्छ तथा आपतकालीन ब्रेक लगाउनु पर्दा पनि फुट ब्रेक नै लगाउन पर्दछ। हेन्ड ब्रेक लगाउन हुदैन।
३ एक्सेलेटर > यो हेन्डलको दाहिने पट्टि हेन्डलमाई समाबेस हुन्छ भने,येस्ले गाडीको गति speed घटाउने बढाउने काम गर्दछ गाडी कुदाउन सुरुवात गर्दै गर्दा यो बिस्तारै आफूतिर बटार्दै लानु पर्दछ।
४ क्लच > यो हेन्डलको देब्रेपट्टि हुन्छ भने एसले गियरलाई घटाउन बढाउन र स्थिर अवस्थामा लान ल्याउन मधत गर्छ।कसरि त,तटस्थ neutral अवस्ठामा भएको गाडीलाइ क्लच तान्ने र गियर बदल्ने तटस्थ बाट १ मा लाने गियर बदलि सकेपछि क्लच बिस्तारइ छोड्दै जाने र एक्सेलेटर पनि बिस्तारै दबाउदै जाने।
५ हेड लाइट हाइ > यो हेन्डलको देब्रे पट्टि हुन्छ र बिशेस गरि रातमा लामो दुरीको सवारमा बालिन्छ भने छोटो दुरीको लागी डिम लाइट बाल्नु राम्रो हुन्छ। तथा बिपरित दिशाबाट गाडी या कुनै बस्तुहरु आउदैछ भने या गाडीको नजिकै पछि पछि आफ्नो गाडी कुदिरहेको छ भने पनि हेड लाइट लाइ डिम गर्नु पर्दछ। एसको अर्थ हो बिपरित तर्फबाटआइरहेको गाडीको डाइवरको आँखामा सिधै लाइट नपरोस र आफ्नो अगाडी पट्टि गइरहेको गाडीको लूकिंग ग्लासमा आफ्नो गाडीको लाइटको प्रकास सिधै नपरोस,किनकि लूकिंग ग्लासमा सिधै हेड लाइटको प्रकास पर्दा पनि त्यो प्रकास डाइवरको आँखामा रेफ़्लेक्स हुन जान्छ।
६ ब्याक लाइट > यो लाइट विसेस गरि रातको बेला हेड़ लाइट संगै बल्छ।
७ ब्रेक लाइट > यो लाइट हेन्ड ब्रेक तथा फुट ब्रेक लगाउदा बल्दछ।
८ पास लाइट > यो लाइट हेन्डलको देब्रे पट्टि हुन्छ भने रातको समयमा ओवर टेक गर्न लाइ अनुमति माग्दा,साइड माग्दा र अगाडी पट्टिको डाइवर तथा व्यक्तिको ध्यान जगाउन प्रयोग गरिन्छ।जस्तै > रातको समयमा बिपरित दिशाबाट आइरहेको गाडीले हेड लाइट बालेको अवस्ठामा लाइट सिधै आफ्नोआँखामा लागे तथा गाडी अनियंत्रित ढङ्गले आइरहेको अवस्थामा पास लाइटले डाइबरको ध्यान खींचन सकिन्छ। पास लाइटको लागि हेन्डलको दाहिने पट्टी बटन हुन्छ।
९ इन्डिकेटर > यो हेन्डलको देब्रे पट्टि < > एस्तो एरो संकेत मा हुन्छ भने रात र दिन दुवै अवस्थामा,दाहिने पट्टि जानु पर्दा दाहिने पट्टि फर्केको एरो बटनलाई दाहिने पट्टि नै दबाउन पर्छ र देब्रे पट्टि जान पर्दा देब्रे पट्टि फर्केको एरो बटन लाइ देब्रे पट्टि नै दबाउन पर्दछ।
अब गाडी कुदाउनको लागि।
सर्बप्रथम गाडीलाई तटस्थ neutral अवस्थामा ल्याउने > गाडी स्टार्ट गर्ने > हेन्ड ब्रेक तानी राख्ने > कलच तान्ने नछोड्ने > गाडीको देब्रे पट्टि भएको गेयर, १ मा लाने अब दाहिने पट्टिको चोर औंला र बुढी औंलाको सहायताले एक्सेलेटर अठ्याएर बाकि तिनऔंलाले हेन्ड ब्रेक अठ्याउने > बिस्तारै एक्सेलेटर दबाउदै जाने > संगसंगै देब्रे हातले अठ्याएको क्लच पनि बिस्तारै छोड्दै र हेन्ड ब्रेक पनि छोड्दै जाने > क्लच पुरै नछोड्ने ७५ % मात्र छोड्ने बाँकी २५ % हुदै फेरी क्लच पुरै दबाएर २ नम्बर गियर लगाउने > अब भने क्लच पुरै छोड्ने र यता एक्सेलेटर पनि बढाउदै जाने आवस्यक परिहालेमा फुट ब्रेक लगाउने र रोक्नई परि हालेमा पनि क्लच पुरै तानेर गेयर down गर्ने। नत्र गुडिरहेको गाडीलाई रोक्नको लागि एक्सेलेटरलाई बिस्तारै छोड्दै फुट ब्रेक हल्का दबाउदै क्लच पुरै तानेर गेयर डाउन down गर्ने र गाडी तटस्थ यानी neutral मा आइसके पछि सकिन्छ भने देब्रे खुट्टाले टेकी दाहिने खुट्टाले फुट ब्रेक दबाइ गाडी बन्द गर्ने कित दुवै खुट्टाले टेकी हेन्ड ब्रेक दबाएर गाडी बन्द गर्ने। बाँकी छुट फुट कमेन्ट box मा दर्साउन अनुरोध छ। धन्यवाद यहाँ हरुको drive सफल रहोस।