May 26, 2022

के हो त iCloud, र एसको खास विशेषताहरु कस्ता छन्?

iCloud , एप्पल द्वारा प्रदान गरिएको एक प्रकारको अनलाइन सेवा हो। यसले ईमेल खाता, अनलाईन भण्डारण, र ब्याकअप जस्ता सेवाहरू प्रदान गर्दछ। यसले एकै समयमा, एअरपोड्स, आईफोन र आईप्याडहरू जस्ता उपकरणहरू बीच डाटा आदन प्रदान तथा साझेदारी गर्ने सुबिधा दिन्छ।

iCloud मा भएका सुबिदाहरु के कस्ता छन् र कसरि प्रयोगमा आउछन त हेरौ।

  1. Mail – ईमेल खाता जुन स्वचालित रूपमा एप्पल उपकरणहरूमा कन्फिगर गरिएको हुन्छ र एप्पलको वेबमेल इन्टरफेस मार्फत पुर्याइएको हुन्छ; आईक्लाउड ईमेल ठेगानाहरू सामान्यतय me.com, mac.com, वा icloud.com मा समाप्त हुन्छन्।
    जस्तै > itkhabar.net@me.co, itkhabar.net@mac.com, itkhabar.net@icloud.com
  2. Contacts – यदि तपाईको सम्पर्क ठेगानाहरु iCloud मा भण्डार गरिएको छ र यसलाई तपाई संग भएका अरु उपकरणहरु जस्तै MacBook, iPad, apple watch, जस्ता उपकरणहरूमा पनि प्रयोगमा लयाउन सकिन्छ।
  3. Photos – एप्पलको फोटो स्ट्रिमले हालसालै खिचेका सबै फोटोहरू स्वचालित रूपमा Automatically आई-क्लाउडमा भण्डार गर्दछ। यदि तपाईं चाहनुहुन्छ भने, तपाईं आईक्लाउड फोटो लाइब्रेरी प्रयोग गर्न सक्नुहुनेछ जहाँ तपाईं आफ्ना सबै फोटो तथा फायल हरुलाई आई-क्लाउडमा भण्डार गर्न सक्नुहुन्छ।
  4. iCloud Drive – यो एक अनलाइन भण्डारण क्षेत्र हो जहाँ तपाईं सबै प्रकारका फाइलहरू Save गर्न सक्नुहुन्छ र उक्त फाइलहरू लाइ डाउनलोड पनि गर्न सक्नुहुन्छ।
  5. Notes – तपाई यसमा नोटहरू लेख्न सक्नु हुन्छ भने, उक्त Note हरुलाई एक Device मा लेखि कुनै अन्य Device मा हेर्न तथा प्रयोग मा ल्याउन सक्नु हुन्छ,
  6. Reminders – जब तपाई कुनै एक Device मा Reminders set गर्नु हुन्छ जुन सेट गरिएको Reminders तपाइको अरु Device मा पनि उक्त Reminders show हुनेछ, तर तपाइको सबै Device हरुमा iCloud account connect भएको खण्डमा,
  7. Calendar – यदि तपाईलाइ Calendar को आवस्यक भएमा Calendar पनि राख्न सक्नुहुनेछ।

यो जानकारी यहाँहरुलाई कस्तो लाग्यो कमेन्ट मा दर्शाउन हुन अनुरोध गर्दछौ धन्यबाद।
iCloud को बाँकी उपयोगिताको बारेमा अर्को भागमा क्रमश:

Leave a Reply

Your email address will not be published.